www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका न्यून दृष्टियुक्त परिवारको घर बन्दै

दमौली ।

तनहुँको व्यास नगरपालिका–१२ हुलाकीडाँडाका कमल भुजेल न्यून दृष्टियुक्त हुनुहुन्छ । उनकी पत्नी सिर्जना भुजेलले पनि आँखा देख्दिनन । भुजेल दम्पतीको एक छोरा र एक छोरी छन् । छोराले समेत आँखा देख्दैनन् । २७ वर्षका कमलको काँधमा चार जनाको परिवार पाल्नुपर्ने जिम्मेवारी छ ।

उनी परिवारको लालनपालनका लागि ज्याला मजदुरी गर्छन । आफ्नै भरमा चार जनाको परिवार धान्न उनलाई धौधौ परिरहेको छ । उनीहरुको बस्नका लागि घर छैन । विगत आठ वर्षदेखि ससुरालीबाट हुलाकी डाँडामा जग्गा उपलब्ध भएपछि छाप्रो बनाएर बसेका छन् ।

Batas

हावाहुरी र पानी पर्दा निकै समस्या परेको उनीहरुको परिवारलाई अब भने केही राहत मिल्ने भएको छ । तनहुँको व्यास नगरपालिका–१ स्थित युनिटी युवा क्लबको सक्रियतामा भुजेल परिवारका लागि घर निर्माण शुरु गरिएको छ ।

आर्थिक रुपमा विपन्न र परिवार नै अपाङ्गता भएको थाहा पाएपछि युवाहरुको सक्रियतामा घर निर्माण थालिएको क्लबका अध्यक्ष शिव पन्थ बताउछन । उनले भने, “एक दिन गाउँ डुल्दै जाँदा उनीहरुका बारेमा थाहा पायौँ, लगत्तै युवाहरुको सक्रियतामा रकम सङ्कलन थालियो र घर निर्माण शुरु गरेका छौँ ।”

शौचालयसहितको दुईकोठे घर बनाउन स्थानीय समाजसेवीदेखि विदेशमा रहनेहरुसँग पनि सहयोगको अपिल गरिएको छ । घर बनाउन तीन लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान छ ।

घर निर्माणको लागि हालसम्म व्यास नगरपालिका–१ का युवा सनम तामाङमार्फत ३० हजार, नगरपालिका–२ का नोमा थापाले १० हजार बराबरको सिमेन्ट, दीपचन्द्र फर्निचरले घरको चौकोस, मलेशियामा रोजगारी गर्ने स्थानीयबाट १४ हजार ६०० र स्थानीय बासिन्दा तथा सङ्घसंस्थाबाट २० हजार रुपैयाँ सङ्कलन भएको छ । नगरपालिकाले ५० हजार सहयोग गर्ने नगरप्रमुख बैकुण्ठ न्यौपानेले प्रतिबद्धता जनाएका छन् ।

वर्षायाम शुरु हुनुअघि नै घर बनाइसक्ने गरी धमाधम काम भइरहेको पन्थले जानकारी दिए । उनले भने, “घर निर्माणका लागि रकम अपुग भइरहेको छ, चन्दा सङ्कलन अभियान पनि चलाइरहेका छौँ ।” जम्मा ७० घरधुरी रहेको यहाँका गाउँलेले कमलको घर निर्माणमा सहयोग गर्ने निर्णय भएको स्थानीयवासी शान्ता भुजेलले बताए ।  रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.