www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा गर्मीले ज्वरो, टाइफाइड, झाडापखालाका बिरामी बढे

तनहुँ ।

बढ्दो गर्मीसँगै तनहुँको दमौलीमा बिरामीको सङ्ख्या वृद्धि भएको छ । मौसम परिवर्तनसँगै ज्वरो, टाइफाइड, झाडापखालाका बिरामी बढेका हुन् । गर्मी बढेसँगै सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा बिरामी चाप बढेको छ ।

यसअघि दैनिक ४०–५० बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेकोमा अहिले २०० सम्म बिरामी आउने गरेको अस्पतालका मेडिकल अधिकृत सजना पौडेलले जानकारी दिए ।

Batas

पौडेलले भने, “गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप अत्यधिक छ । बिरामीको चाप बढेसँगै व्यवस्थापनमा समस्या भएको छ ।”पौडेलका अनुसार गत वर्षभन्दा यस वर्ष गर्मीका कारण बिरामीको सङ्ख्या बढेको छ ।

अस्पतालमा विशेषगरी दमौली, चापाघाट, शेवर, झापुटार, काँहुशिवपुर लगायतका क्षेत्रबाट बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् । अस्पताल पुग्ने बिरामीमध्ये महिला तथा बालबालिका बढी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

गर्मी बढेसँगै खानपानमा ध्यान पुर्याउनुपर्ने मेडिकल अधिकृत पौडेलले सुझाव दिए । उनले भने, “खानेकुरा खाने बेलामा राम्रोसँग हात धोएर मात्रै खानुपर्छ । पर्याप्त स्वच्छ पानी पिउने गर्दा ज्वरो र झाडापखालाबाट बच्न सकिन्छ ।”

दमौली अस्पतालमा बिरामी सङ्ख्या बढेसँगै व्यवस्थापनमा समस्या भएको व्यास नगरपालिका–७ कलेस्तीका चित्रबहादुर क्षेत्रीले गुनासो गरे । क्षेत्रीले भने, “बिरामी भएर स्वास्थ्य परीक्षणका लागि आउँदा झन पीडा थपिने अवस्था सिर्जना भएको छ ।” रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.