www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा चितुवाको आक्रमणबाट १२ वर्षीया सोनिया घाइते

तनहुँ–तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट आज एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा भानु नगरपालिका–२ की १२ वर्षीया सोनिया अछामी रहेकी छन् ।

छिमेकीको घरबाट फर्कदै गरेकी अछामीलाई चितुवाले आक्रमण गरेको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

घाँटीमा घाउ भएकी उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमण बढेसँगै स्थानीयवासी त्रसित छन् ।

Batas

चितुवाको आक्रमणबाट भानु नगरपालिका–१, २, ३ र ४ नं वडामा अहिलेसम्म पाँच बालबालिकाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.