www.tandavnews.com
Fact ~ In search of truth

तस्करीको ढोका बन्द:सचेतक भट्टराई

काठमाडौं ।

राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद भट्टराईले सुन तस्करीलाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर प्रश्न उठ्न सक्ने उल्लेख गर्दै भने, “सुन तस्कर कहाँ छन् भनेर बुझ्दा सुन्धराको केन्द्रीय कारागारमा रहेछन्, सरकारले तस्करीको ढोका बन्द गरेको छ ।”

Batas

उनले सङ्घीय सरकारले ठूलो योजनाका काम अगाडि बढाएर स्थानीय सरकारलाई बलियो बनाउने र केन्द्रलाई पनि बलियो बनाउने कुरामा ध्यान केन्द्रित गरेको स्पष्ट पारे ।

सांसद भट्टराईले भने, “देश सकारात्मक ढङ्गले अघि बढेको छ, अधिकारमा केन्द्रीकरण गर्ने सरकारको कुनै उद्देश्य छैन ।”

बैठकमा नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझीले ‘विनियोजन विधेयक, २०७६ अन्तर्गत रक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा सांसद रायमाझीले टिकट किन्न जाँदा छैन भन्ने तर जहाजमा सिट खाली हुने खालको अवस्थाले नेपाल वायुसेवा निगमको कामकारवाहीको गम्भीरताप्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए ।

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत तीन मन्त्रालयका विभिन्न विनियोजन शीर्षकमाथि छलफल शुरु भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपति कार्यालयलगायतको विनियोजन शीर्षकमाथि छलफल जारी छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.