www.tandavnews.com
Fact ~ In search of truth

ताण्डवका सम्पादक गिरी पत्रकार महासंघको जिम्मामा रिहा

पोखरा
ताण्डव न्यूज ।

ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युजका सम्पादक अर्जुन गिरी रिहा भएका छन् । नेपाल पत्रकार महासंघको जिम्मामा उनलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीले रिहा गरेको हो । सोमबार बिहान १० बजे सिआइबीको निर्देशनमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

समाचार लेखेकै आधारमा साइबर अपराध मुद्धा लगाएर पत्रकार गिरीलाई पक्राउ गरिएको थियो । बतास अर्गनाइजेशनका सञ्चालक बीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेकै आधारमा ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युजका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरिएको हो । नेपाल पत्रकार महासंघका महासचिब रमेश विष्टले फेसबुकमा स्टाटस लेख्दै ताण्डवका सम्पादक गिरीलाई रिहा गरिएको जानकारी गराएका हुन् ।गिरीले ताण्डवको चैत २२ गतेको अंकमा ुठगु बदमास वीपेन्द्रराज बतास’ शीर्षकको समाचार लेखेका थिए। सोही समाचार ताण्डवन्युज डटकममा प्रकाशित भएको थियो।

समाचारमा बतासले पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमशः १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको उल्लेख छ।

Batas

श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएको कुरालाई समाचारको आधार बनाइएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.