www.tandavnews.com
Fact ~ In search of truth

ताण्डव सम्पादक गिरीको रिहाईको माग गर्दै देशैभरका प्रशासनमा पत्रकारको धर्ना

पोखरा ।

ताण्डव साप्ताहिक र ताण्डव न्यूज डटकमका सम्पादक अर्जुन गिरी पक्राउको विरोधमा आज पोखरा लगायत देशैभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको छ । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले आह्वान गरेको आन्दोलन कार्यक्रम अनुसार आज धर्ना दिइएको हो।बिहान ९:३० बजे देखि १०:३० बजे सम्म एक घण्टा धर्ना दिइएको हो ।

नेपाल पत्रकार महासंघ कास्कीले हिजो जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएको थियो । अन्य जिल्लामा पनि महासंघले धर्ना र ज्ञापनपत्र बुझाएको छ ।

Batas

प्रहरीले पत्रकार गिरीलाई २ वैशाखमा पक्राउ गरेको थियो । गिरीले २२ चैतमा व्यापारिक समूह बतास अर्गानाइजेसनका सञ्चालक बीपेन्द्रराज बतासको ठगीबारे समाचार प्रकाशित गरेका थिए । सोही समाचारको विषयलाई लिएर बतासले साइबर अपराध ऐन अन्तर्गत सिआईबीमा उजुरी थिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.