www.tandavnews.com
Fact ~ In search of truth

तातोपानी कुण्ड भाडामा दिने प्रस्तावको बिरोध

संजय रेग्मी
पर्वत / ताण्डव न्यूज ।

म्याग्दीको बेनी नगरपालिका ४ मा रहेको मुलुककै प्रख्यात प्राकृतिक उपचार स्थल तातोपानी कुण्ड भाडामा दिने प्रस्तावको स्थानीय नागरिकले विरोध गरेका छन् । कुण्डलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि भन्दै म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले भाडा लिन बेनी नगरपालिकासँग प्रस्ताव गरेपछि स्थानीयले भने प्रस्तावको बिरोध गरेका छन् ।

बेनी नगरपालिकाका जनप्रतीनिधि, स्थानिय व्यवस्थापन समिती, स्थानयवासी र नीजि संस्था मोना म्याग्दीका प्रतिनिधिहरुका बिचमा भएको छलफलमा निजि क्षेत्रबाट मोना आइ.ई.सि का अध्यक्ष चक्रबहादुर थापा र पुर्व अध्यक्ष एवं संरक्षक योगेन्द्र क्षेत्री लागायतको टोलिले कुण्डलाई भाडामा दिन प्रस्ताव पेश गरेका थिए ।

स्थानीय नागरिकहरुले भने गरिबको अस्पतालको रुपमा चिनिएको तातोपानी कुण्ड नीजि क्षेत्रलाई सुम्पनु गरिबको अस्पताल बन्द गराउनु जस्तै भएको बताएका छन । तातोपानी कुण्डलाई कुनै पनि हालतमा निजी क्षेत्रलाई दिन नहुने उनीहरुको माग छ । तातेपानी कुण्ड अहिलेसम्म बेनी नगरपालिका र स्थानीयवासीहरुद्धारा संचालन भैरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.