www.tandavnews.com
Fact ~ In search of truth

तालीको गड्गडाहट सँगै शितलको ‘सालिक’ विमाेचन

पोखरा
ताण्डव न्यूज ।

यो मान्छे के के सोच्छ र बिग्रने रहेछ
अप्ठयारो बाटो रोज्छ र बिग्रने रहेछ ।।
साधारण मान्छे भई बाँचे काफी थियो
भगवान बन्न खोज्छ र बिग्रने रहेछ ।।

अनिता दाहालले मुक्तक पुरा नगर्दै हिमालयन रिडर्स कर्नरको हल वा…वा…वा ले गुञ्जीयो । मुक्तकले बिट मारे लगत्तै उपस्थित साहित्यकार र साहित्यप्रेमीहरुले तालीको गड्गडाहट सहित स्वागत गरे ।

Batas

न्यूरोडमा अवस्थित रिडर्स कर्नरमा शनिबार मुक्तक सङ्ग्रह ‘सालिक’को विमाेचन कार्यक्रममा अनिताले यो मुक्तक वाचन गरेकि हुन् । मुक्तक शितल गिरीको हो ।

उहीँ शितल गिरी, जसले ‘म बिना कसै कसैलाई, मुस्किल छ पोखरामा’ गितको सिर्जना गरेका थिए ।

शनिबार साहित्यकार एवं साहित्यप्रेमीहरुको उपस्थितीमा शितलले आफ्नो मुक्तक सङ्ग्रह सालिक विमाेचन गरे । मुक्तक मञ्च पोखराको आयोजनामा आयोजीत कार्यक्रममा बरिष्ठ साहित्यकार सरुभक्तले ‘सालिक’ विमाेचन गरेका हुन् ।

लोकार्पणका अवसरमा बोल्दै साहित्यकार सरुभक्तले पछिल्लो पुस्तामा मुक्तकप्रतिको चासो बढ्दै गएको उल्लेख गरे । उनले भने ‘मुक्तक लेखनप्रति नवोदीत साहित्यकारहरुको जुन उत्साह देखिन्छ त्यो उत्साहबद्र्धक छ ।’ मुक्तक संग्रह प्रकाशन गरेकोमा शितल गिरीप्रति सरुभक्तले शुभेच्छा सहित बधाई दिए ।

यस अघि स्रष्टा परिचय मन क्षेत्रीले दिएका थिए । शितलको रेडियो नाटक लेखन देखी गित हुँदै मुक्तकसम्मको यात्राबारे क्षेत्रीले उपस्थितहरुलाई साक्षत्कार गराए ।

लोकार्पण पश्चात् बोल्दै मुक्तक संग्रहका सर्जक शितलले आत्मसन्तुष्टिका लागि मुक्तक लेख्न सुरु गरेको बताए ।

‘मैले ठूलै योगदान गर्छु भनेर मुक्तक लेख्न सुरु गरेको होइन । सानै देखि रेडियोबाट प्रभावित भएर लेख्ने गर्थे । यो मुक्तक संग्रह पनि मेरो आत्मसन्तुष्टि नै हो ’ उनले भने । संग्रहमा विविध विषयमा रचिएका मुक्तकहरु समावेश रहेको गिरीले सुनाए ।

मुक्तक मञ्च पोखराका अध्यक्ष प्राञ्जलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रामजी प्रसाद आचार्यले गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.