www.tandavnews.com
Fact ~ In search of truth

तिलिचो ताल जोड्ने सडक निर्माण शुरु

ठिनी ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँदेखि संसारको सबैभन्दा उच्चस्थानमा रहेको तिलिचो ताल जोड्ने सडक निर्माण शुरु भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले ठिनीदेखि तिलिचो ताल नजिकै पर्ने नमखुलेकसम्म सडक पु¥याउन ट्र्याक खोल्ने काम शुरु गरेको हो । यसअघि ठिनीदेखि ताङदुङसम्म साढे दुई किलोमिटर सडक निर्माण भइसकेको थियो ।

यसअघि निर्माण भएको सडकलाई स्तरोन्नति र नयाँ ट्र्याक निर्माण शुरु गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताए । उनका अनुसार यस वर्ष तीन किलोमिटर सडकको ट्र्याक खोल्ने लक्ष्य रहेकामा साढे एक किलोमिटरको ट्र्याक खोलेर भोटोभाङ भन्ने ठाउँसम्म सडक पुगेको हो ।

Batas

रु ५० लाख विनियोजित यो योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको छ । आगामी वर्ष पनि थप बजेट विनियोजन गरेर तिलिचो तालको आधार शिविरको रूपमा चिनिने नमखुलेकसम्म सडक पु¥याउने प्रदेश सांसद चन्द्रमोहन गौचनले बताए। ठिनीदेखि नमखुलेक पुग्न अहिले चार घण्टा हिँड्नुपर्छ । सडक पुगेपछि यात्राअवधि एक देखि डेढ घण्टामा छोटिने छ । नमखुलेकदेखि तिलिचो ताल पुग्न तीन घण्टा र तालबाट नमखुलेक फर्कन दुई घण्टा लाग्छ । अहिले ठिनीदेखि दुई दिन पैदल हिँडेर तिलिचो ताल पुग्न सकिन्छ ।

सडक र यातायात सुविधा भएपछि एकै दिनमा आवतजावत गर्न सक्नेछन् । आवतजावत सहज हुने र पर्यटक आगमन बढ्ने वडाध्यक्ष वीरेन्द्र थकालीले बताए । मुस्ताङ हँुदै तिलिचो ताल जोड्ने सडक छोटो दूरीको हुने जनाइएको छ । मनाङको नेस्याङ गाउँपालिकामा पर्ने तिलिचो ताल समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा छ । मुक्तिनाथ, तिलिचो, नीलगिरिलगायत हिमालको फेदीमा रहेको तिलिचो ताल पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै आएको छ । (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.