www.tandavnews.com
Fact ~ In search of truth

तीन क्रिकेटरलाई कोइराला फाउन्डेसनको छात्रवृत्ति

काठमाडौँ ।

नेपाली तीन युवा खेलाडीलाई सुशील कोइराला फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेको छ ।

फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेका खेलाडीमा यू–१६ टोलीका रित गौतम, त्रितराज दाश र भूपेन्द्र उप्रेती छन् । छात्रवृत्ति पाउने तीनै खेलाडीले भारतमा गएर एक महीना वीरेन्द्र सहवाग एकेडेमीमा प्रशिक्षण गर्नेछन् । त्यसको आधा खर्च एकेडेमीले र बाँकी फाउन्डेसनले दिनेछ ।

फाउन्डेसनको पहलमा तीनै खेलाडीले प्रशिक्षणको अवसर पाएका हुन् । उमेर समूहमा कुनै पनि घरेलु प्रतियोगिता नभएका बेला युवा खेलाडीले पाएको अवसर निकै राम्रो रहेको फाउन्डेसनले जनाएको छ । खेलाडी यही पुस ५ गते भारततर्फ प्रस्थान गर्नेछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.