www.tandavnews.com
Fact ~ In search of truth

तीन महिनाभित्र बैंकका सबै कार्ड चिपयुक्त हुनुपर्ने

काठमाडौं ।

नेपाल र भारतबाट ह्याकरले ३ करोड ५८ लाख रुपैयाँ झिकेको जनाइएको छ ।गत शनिबार भएको एटिएम प्रणाली ह्याक प्रकरणपछि राष्ट्र बैंकले अध्ययन गर्न गठन गरेको समितिले यस्तो ठहर गरेको हो ।

समितिका अनुसार गत शनिबार बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म नेपालबाट ७ बैंकका कार्ड प्रयोग गरी १ करोड ८९ लाख रुपैयाँ तथा भारतका नेपाली बैंकमार्फत भारु १ करोड ५ लाख गरी कुल ३ करोड ५८ लाख नेपाली रुपैयाँ झिकिएको पाइएको समितिको ठहर छ।

Batas

समितिले तीन महिनाभित्र बैंकका सबै कार्ड चिपयुक्त बनाउन सुझाव दिएको छ। हाल चिप नभएका कार्ड समेत प्रयोग भइरहेकाले तीन महिनापछि त्यस्ता कार्ड संचालन हुन नसक्ने व्यवस्था गर्न समितिले सुझाएको छ।

हाल कतिपय बैंकका सादा म्याग्नेटिक कार्ड संचालनमा रहेको जनाउँदै समितिले बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका नेपाली मुद्राका डेबिट तथा क्रेडिट कार्डहरु अनिवार्य रुपमा चिप र पिनको माध्यमबाट मात्रै कारोबार हुने व्यवस्था मिलाउन सुझाव दिएको हो।

सञ्चालनमा रहेका सम्पूर्ण एटिएम र पसलाई ३ महिनाभित्र चिप र पिनलाई स्वीकार गर्न सक्ने गरी सक्षम बनाउन आवश्यक व्यवस्था मिलाउनु पर्ने समितिको सुझाव छ।

साथै नेपाल बाहिर यस्तो कार्ड प्रयोग हुँदा जारी गर्नेले फलब्याक ट्रान्सजेक्सन स्वीकार नगर्ने व्यवस्था मिलाउन समितिले सुझाव दिएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.