www.tandavnews.com
Fact ~ In search of truth

तुलादानको रकम विद्यालयलाई

 

 

 

बागलुङ ।

गलकोट नगरपालिका–७ मल्मकी मनकुमारी थापाको चौरासी पूजामा गरिएको तुलादानबाट सङ्कलित रकम विद्यालयलाई प्रदान गरिएको छ ।

Batas

थापाका परिवारजनले सोही ठाउँका प्रगति आधारभूत विद्यालयलाई एक लाख ५ सय ५ रुपैयाँ शुक्रबार हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम विद्यालयमा सञ्चालित बाल विकास केन्द्रको अक्षयकोषमा राखिने विद्यालयले जनाएको छ ।

“अक्षयकोषबाट आउने ब्याज रकम बाल विकासमा खर्च गर्छौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले भने। उनले आर्थिक स्रोतको अभावमा बाल विकास केन्द्र सञ्चालनमा कठिनाइ आइपरेको उल्लेख गरे। बालबालिकाको शैक्षिक विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको थापाका नाति तुलवीरले बताए।

वैदेशिक रोजगारीमा रहेकाका तुलवीर र उनका दाजु टेकबहादुरले यसअघि पनि सोही विद्यालयलाई दुई लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेका थिए । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने उक्त विद्यालयमा १सय २३ र बाल विकास केन्द्रमा २३ बालबालिका अध्ययनरत छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.