www.tandavnews.com
Fact ~ In search of truth

त्रिशूलीमा ट्रक खस्यो, चालक घाईते, सहचालक बेपत्ता

चितवन ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ ।

ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् । गए राति १ः३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।

Batas

ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ट्रक पूरै पानीमा डुबेको र नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.