www.tandavnews.com
Fact ~ In search of truth

दलित मुक्तिमोर्चाको छैंठौ जिल्ला सम्मेलन फागुन १ मा

पोखरा ।

नेकपा  बिप्लव निकट दलित मुक्तिमोर्चा,नेपाल कास्कीको छैठौ जिल्ला सम्मेलन आगामी फागुन १ गते हुने भएको छ ।

२४ औ जनयुद्ध दिबसको अबसरमा मार्चाले जिल्ला सम्मेलन आयोजना गरेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । नेपालको प्रचलित संबिधानमा दलितको हकहित र भेदभाव अन्त्य गर्ने बिषयमा उल्लेख भएका बिषयबस्तु समेत कार्यान्वयन गर्न नसकीरहेको अबस्थामा अन्य अधिकारको कल्पना समेत गर्न नसकीने पत्रकार सम्मेलनमा कास्की जिल्ला संयोजक उमेश सि.के.ले जानकारी दिए ।

अहिलेको अबस्थमा दलित मुक्तिमोर्चाले मात्र दलितको हित र भेदभाव बिहिन समाजको लागि सहि मार्गदर्शन गर्न सक्ने भएकाले आफ्नो संगठन प्रति जनताको उत्साह, साथ र समर्थन बढ्दै गएको उनको भनाई थियो ।
ईतिहासका बिभिन्न कालखण्डमा भएका राजनितिक आन्दोलनमा दलित समुदायको त्याग, बलिदान कम नभएपनि आन्दोलनकै बलमा सत्तामा पुगेपछि दलितका मागका बारेमा सरकार र राज्य मौन रहने अबस्थाको अन्त्यका लागि आफुहरु मैदानमा उत्रिएकोे उनको भनाई थियो ।

जिल्ला सम्मेलनमा जिल्लाका बिभिन्न क्षेत्रका प्रतिनिधि तथा पर्यबेक्षकहरु समेत गरि एक हजार जनाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । सम्मेलनमा नयाँ नेतृत्व चयन गरिनेछ । जनयुद्ध दिनको अबसरमा आयोजना गरिएको सम्मेलनको उदघाटन दिपसागर पार्टी प्यालेस, न्युरोडमा हुनेछ ।

सम्मेलनलाई मोर्चाले गरिबि, सामाजिक भेदभाव तथा गरिव भएकै कारण हत्या, बलात्कार जस्ता घटनाहरुको पनि समिक्षा र सोही अनुसारका रणनितिक योजना र्निमाणको थलोको रुपमा लिएको कास्की जिल्लाका संयोजक उमेश सिकेले जानकारी दिए ।

मोर्चाले अन्य राजनितिक आन्दोलन जस्तै दलित आन्दोलन पनि यथास्थिती सुधार र आमुल परिबर्तन गरि बिभिन्न भागमा बिभाजित भएको भन्दै अबको अबस्थामा यसको सहि मार्गर्निदेश आबस्यक भएकाले सर्बहारा बर्गको नेतृत्व गर्नसक्ने गरि राजनितिक यात्रा तय गर्न जरुरी रहेको मोर्चाले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.