www.tandavnews.com
Fact ~ In search of truth

दशनामी युवा भेलाको तयारी पुरा, देशभरबाट ३ सय बढी प्रतिनिधि पोखरामा

पोखरा
ताण्डव न्यूज ।

नेपाल दशनामी यु्वा समितिको पोखरामा हुन गईरहेको राष्ट्रिय भेलाको तयारी पुरा भएको छ । भदौ २८ गते पोखरामा हुने राष्ट्रिय भेलाको तयारी पुरा भएको नेपाल दशनामी युवा समितिका कार्यवाहक संयोजक सुरेश गिरीले जानकारी दिए ।

नेपाल दशनामी युवा समिति गण्डकी प्रदेश र कास्की समितिको व्यवस्थापनमा हुने भेलामा करिब ३ सय बढी प्रतिनिधि सहभागी हुने नेपाल दशनामी युवा समिति गण्डकीका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

Batas

‘आज अधिकांश प्रतिनिधि पोखरा आइपुग्छन् ,’ उनले भने, ‘देशैभरीबाट आउने दशनामी युवाहरुको स्वागतकालागि हामी उत्साहित छौँ । भेलालाई भब्य र सभ्य रुपमा सफल पार्न सम्पूर्ण दशनामी युवाहरुलाई अनुरोध गर्न चाहान्छु ।’

दशनामीमा गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आश्रम, आरण्य र तीर्थ पर्छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.