www.tandavnews.com
Fact ~ In search of truth

दशैँको संघारमा महंगीदै मुस्ताङी च्याङग्रा

पर्वत
संजय रेग्मी /ताण्डव न्युज

स्थानीय तहहरुले करमा गरेको मनोमानीका कारण मुस्ताङ हुँदै अन्य जिल्लामा बाहिरीने भेडा र च्याङग्राको मूल्य यस बर्ष अघिल्लो बर्षको भन्दा महंगो हुने भएको छ ।

मुस्ताङमै उत्पादन गरिएका भेडा च्याङग्रा भन्दा तिब्बत, डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङ भित्रिँदै अन्य ठाउँमा लगिने भेडा च्याङग्राको मूल्य महंगीने भएको हो । मुस्ताङमै उत्पादन भएका भेडा च्याङग्राको लागि जिल्लामा भित्राएको कर तिर्नु नपर्दा केही सस्तो भएपनि अन्य ठाउँबाट मुस्ताङ लगिएका भेडा च्याङग्रामा भने स्थानीय तहहरुले मनोमानी रुपमा कर संकलन गरेका छन ।

Batas

अन्यत्रबाट मुस्ताङ भित्रिएका भेडा च्याङग्राले तीन ओटा गाउँपालिका पार गर्दा तीनै ओटामा ५ रुपैयाँदेखि एक सय रुपैयाँ सम्म कर बुझाउनु परेको भेडा च्याङग्रा खरीदका लागि मुस्ताङ पुगेका ब्यपारीहरुले बताएका छन ।करकै कारण यस बर्ष मुस्ताङबाट अन्यत्र जिल्लामा जाने भेडा च्याङग्राको संख्या कम पनि कम हुन सक्ने आनुमान गरिएको छ ।

अघिल्लो बर्षको दशैँमा झण्डै २२ हजार भेडा च्याङग्रा बाहिरिएकोमा यस बर्ष बढीमा २० हजारसम्म पुग्न सक्ने अनुमान गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दी अन्तर्ग सम्पर्क कार्यालय मुस्ताङका पशु चिकित्सक डा. शिवलाल भुषालले जानकारी दिए । चर्को भन्सार र स्थानीय तहको पनि उस्तै चर्को करका कारण व्यवसायीहरुले कम मात्रामा च्याङग्रा खरीद गरेको च्याङग्रा खरीदका लागि मुस्ताङ पुगेका ब्यपारी राम श्रेष्ठले बताए ।

जोमसोम पुर्याइएका स्तरिय च्याङ्ग्राको मूल्य २१ देखि २३ हजार सम्म र भेडाको १६ देखि १९ हजार सम्म स्थानीय व्यापारीले मुल्य तोकेका कारण यस पटक मुस्ताङबाट झारीने भेडा र च्याङग्राको मूल्य गतबर्षको भन्दा बढ्ने भएको हो । मुस्ताङबाट भेडा च्याङग्रा आयात गर्नको लागि कास्की, पर्वत, बागलुङ, म्याग्दी, काठमाण्डौ, पोखरा, बुटवल, स्याङ्जा लगायतका ठाउँका ब्यपारीहरु यतिबेला जोमसोम पुगेका छन ।

केही ब्यपारीहरुले जोमसोमबाट म्याग्दीको बाटो हुँदै म्याग्दीको बेनीमा च्याङग्रा ल्याईपु¥याएका छन भने कतिपय ब्यापारीहरु अझै पनि मुस्ताङ जाने क्रममै छन । मुस्ताङबाट हिँडाईएका भेडा च्याङग्रालाई पैदल यात्राको बाटो हुँदै म्याग्दी झार्नको लागि धेरै दिन लाग्ने भएका कारण केही ब्यापारीहरु स्रोह श्राद्धमा नै मुस्ताङ र डोल्पा पुगेर च्याङग्रा खरीद गरेका हुन ।

पशु चिकित्सक डा. शिवलाल भुषालका अनुसार तिब्बत, डोल्पा, मुगु र जुम्लाबाट कति भेडा च्याङग्रा मुस्ताङ भित्रिए र मुस्ताङकै उत्पादन कति छ ? भन्ने बारेमा च्याङग्रा बाहिरिएसंगै तथ्यांक संकलन गर्ने काम पनि भैरहेको छ । तिब्बतको नाका केही दिन खुलेर बन्द भैसकेका कारण अब तिब्बतबाट भने थप च्याङग्रा भित्रिने छैनन । अहिलेसम्म मुस्ताङबाट झण्डै १६ हजार च्याङग्रा अन्य बिभिन्न जिल्लाका लागि बाहिरिएका छन ।

अझै पनि भेडा च्याङग्रा बाहिरिने क्रम जारी रहेकोले यस बर्ष झण्डै २० हजारको संख्यामा बाहिरिन सक्ने अनुमान छ । मुस्ताङबाट बाहिरिने च्याङग्रा मध्ये झण्डै ६० प्रतिशत मुस्ताङकै उत्पादन हुने गरेको छ भने ४० प्रतिशत अन्य ठाउँको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.