www.tandavnews.com
Fact ~ In search of truth

दाइलाई भेट्न गएकी २२ वर्षीया नेपाली युवतीको दिल्लीमा सामूहिक बलात्कार

ताण्डव न्युज । 

दिल्लीमा एक जना नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । २२ वर्षीया नेपाली युवतीको दिल्ली द्वाराकामा सामूहिक बलात्कार भएको हो । उनलाइ चार जनाले बलात्कार गरेका थिए ।

भारतीय प्रहरीका अनुसार पीडित युवती मुम्बईमा आफ्नो दाइ भेट्न जाने क्रममा थिइन् । उनी शनिवार बसबाट दिल्ली पुगेकी थिइन् भने त्यहाँबाट मुम्बईको लागि रेल चढ्ने योजना थिइन् । तर उनी समयमा पुग्न नसकेपछि उनले मुम्बई जाने रेल भेट्न सकिनन् ।

Batas

रेलको प्लेटफर्ममा बसिरहेका बेला उनी सामु चार जना युवा आए र यहाँ सुरक्षित छैन्, उता जाउँ भनि लगेर बलात्प्रकार गरेकाे प्रहरीलाई उदृत गर्दै मुम्बइ मिररले जनाएको छ ।

आफूलाई चार जनाले बलात्कार गरेर मुम्बइ जाने रेलमा चढाइदिएको उनले प्ररहरीसमक्ष दिएको उजुरीले उल्लेख गरिएको छ ।

दाइलाई भेटेपछि उनले घटनाबारे भनेपछि प्रहरीका उजुरी परेको थियो, घटना आइतबारको हो । एजेन्सी

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.