www.tandavnews.com
Fact ~ In search of truth

दिउँसोमा बन्द हुने पोखरा बागलुङ्ग सडक सुचारु

 

संजय रेग्मी
पर्वत /ताण्डव न्यूज ।

दैनिक रुपमा बिहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म बन्द हुने गरेको पोखरा बागलुङ मध्यपहाडी राजमार्ग नियमित रुपमा सूचारु भएको छ ।

सडक फराकिलो र स्तरोन्नती गर्नको लागि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड गत पौष १२ गतेदेखि दैनिक ६ घण्टा बन्द गर्ने गरिएको थियो। लोकमार्ग अन्तर्गत पर्ने कास्की र पर्वतको सिमाना अँधेरीखोलादेखि डिमुवाबजारसम्मको सड्क बन्द हुने गरेको थियो । सडकको स्तरोन्तीको लागि सडक अवरोध हुदाँ यात्रुले सास्ती खेप्दै आएका थिए भने सडक दुर्घटनाको जोखिम पनि बढेको थियो ।

डिमुवामा जाम पर्ने र दिनभरी सडकमै जाममा परिने भन्दै सवारी साधन तीब्र गतिमा चलाउँदा गत माघ ३ गते मालढुंगामा ७ जनाको ज्यान जाने गरी दुर्घटना समेत भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.