www.tandavnews.com
Fact ~ In search of truth

दिदीबहिनी भलिबलको उपाधि एपिएफलाई

पर्वत ।

तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

लिग कम नकआउटका आधारमा बुधबार सम्पन्न फाइनल खेलमा एपिएफले न्यू डायमण्ड एकेडेमीलाई ३–० सेटले पराजित गरेको हो । एफिएफले २५–१८, २६–२४ र २५–२१ अङ्कले हराएको हो । एपिएफले दुई लाख तथा उपविजेता न्यू डायमण्ड एकेडेमीले एक लाख पुरस्कार पाएको छ ।

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रतियोगितामा तेस्रो भयो । पुलिसले आर्मीलाई २५–१८, ३१–२९ र २५–१६ अङ्कले हराएको हो । रेडियो दिदीबहिनीले आयोजना गरेको ११औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवका अवसरमा सो भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.