www.tandavnews.com
Fact ~ In search of truth

दि स्वलमेट क्रियुको आयोजनामा स्टाइल वार्स फेष्टिबल हुने

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा पहिलो पटक स्टाइल वार्स–२०१८ हिपहप फेष्टिबल आयोजना हुने भएको छ ।

दि स्वलमेट क्रियुको आयोजनामा मंसिर १५ गते हुने फेष्टिबलको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

Batas

स्टाइल वार्स एउटा अन्तराष्ट्रिय फेष्टिबल हो, त्यसैले कार्यक्रम मार्फत नेपालमा हिपहप कल्चरलाई दर्शाउन खोजेको दि स्वलमेट क्रियुको सदस्य मोहन क्षेत्रीले जानकारी दिए ।

फेष्टिबलमा अन्तराष्ट्रिय प्रतियोगिहको सहभागिता रहनेछ । जसम ः भारत, चाइना, कोरिया, अष्ट्रेलिया र देशभरका प्रतियोगिहरुको सहभागि हुनेछन् ।

फेष्टिबलमा बिबोइङ, ग्रयाफिटि, र्यापसेसन, डिजेइङ, लाइभ, स्केटकिङ्गस, म्युजिक आदि मनोरञ्जनात्मक कार्यक्रहरु समावेश गरिएको छ ।

पोखरामा २०१३ स्थापना भएको यस क्रियुले भारत, फिलिपिन्स, ताइवान, थाइल्याण्ड, भेतनाम जस्तो ठूला देशहरुमा नेपालको प्रतिनिध्त्व गदै विभिन्न कार्यक्रमहरुमा सहभागि जनाइसकेका छन् ।

पोखरा सभागृह हलमा आयोजना हुने फेष्टिबलको प्रवेश निशुल्क गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.