www.tandavnews.com
Fact ~ In search of truth

दुई नम्बरी धन्दा गर्नेलाई कानुनी दायरामा लैजान्छौँ

पाेखरा
ताण्डव न्यूज ।

उपभोक्ताहरुलाई कस्तो खसी/बोका छनोट गर्ने सल्लाह दिनुहुन्छ ?

आँखामा कचेरा लाएको, अनुहार उज्यालो छैन भने त्यो बिरामी भएको महसुस गर्नुपर्छ । खसी बोका किन्दा हेरेर खाइलाग्दो, चलाख खालको किन्नुपर्छ । सस्तो किन्छु भन्नीलाई त केही भन्न सकिँदैन तर राम्रो किन्छु १०÷१५ रुपैयाँ किलो बढी तिर्छु भन्ने हुनुप¥यो । व्यापारी हो व्यापारीले जे पनि भन्छ भन्ने तिर लाग्नुभएन ।

Batas

वार्षिक पोखरामा कति खसीबोका खपत हुन्छन् ? दशैंको लागि भनेरै कति भित्रिने गरेको छ ?

सरदरमा प्रत्येक महिनामा ६-७ हजार खसी बिक्थ्यो भने दशैंमा खसी अल्ली कम बिक्री हुन्छ । यसको कारण, भेडा, च्याङ्ग्राले डिस्टब पनि गरेको हुन्छ । जति भेडा च्याङ्ग्रा बढी आउँछ उतिनै मात्रामा खसी बोका कम आउने गरेको छ । बजारमा कति खपत हुन्छ त्यति नै मगाउने हो । दशैंमा मात्र भनेर भएन अरुबेला पनि किसानको मूल्यलाई सदुपयोग गर्नुपर्छ ।

मासुको अभाव यो दशैंमा होला कि नहोला ?

गत वर्षहरुमा च्याङ्गा भेंडाहरु काठमाडौं बढी लैजाने गरेको हुनाले यता अभाव हुने गथ्र्यो नै । हामीले लगभग २५÷३० हजार रेसियोमा बिक्री हुन्थ्यो । कास्कीमा खसी बोका आउने भनिन्छ तर यहाँबाट पनि अरु ठाउँमा लैजाने गर्नुहुन्छ । यो वर्ष के होला अनुमान गर्न सकिँदैन ।

कपितय ठाउँमा च्याङ्ग्राको भनी बाख्राको मासु बेचेको भन्ने पनि सुनिन्छ, यसमा समितिले के कारबाही गर्न सक्छ ?

बुढी बाख्राको मासु काटेर च्याङ्ग्राको टाउको देखाएर बेच्ने गरेको पनि पाइन्छ । त्यसमा पनि दुई नम्बरी धन्दा चलेको पाइन्छ । च्याङ्ग्राको पुरानो भुत्लाझै टाउको राखेर ताजा रगत लाएर बुढो बाख्राको मासु बिक्री गरेको भेटिन्छन् ।

विशेष गरी मासु व्यवसायी समिति र खसी बोका व्यवसायी समिति संयोजनमा खटिएर केही कारबाही गरेका पनि छौं यसलाई निरन्तरता दिनेछौं । कालो धन्दा गर्नेलाई कास्की जिल्लामै व्यापार गर्न नदिने व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ ।

दुई पक्ष मिलेर जुनले दुई नम्बरी काम गर्छ, त्यसलाई कानुनी दायरामा लैजाने छौं । यो प्रक्रिया अगाडि बढाइराखेका छौं । प्रशासनको साथ पाइयो भने अझै सक्रिय भएर लाग्नेछौं । अनुमगन समितिले पनि साथ दिनुप¥यो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.