www.tandavnews.com
Fact ~ In search of truth

दुई सय विद्यार्थीलाई न्यानो कपडा

 

दमौली ।

तनहुँको व्यास नगरपालिका–१ ले वडाभित्र सञ्चालनमा रहेको तीन सामुदायिक विद्यालयका २०० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

वडा कार्यालयले भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक र मुसेखोलास्थित जनसेविका आधारभूत विद्यालयमा अध्ययनरत विपन्न एवं जेहेन्दार छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको हो ।

निर्मल माविका १००, जलदेवी माविका ८० र जनसेविका आधारभूत विद्यालयका २० विद्यार्थीलाई स्वेटर र टोपी प्रदान गरिएको वडाध्यक्ष खरसिंह दरैले बताए । उनले आर्थिकरूपमा विपन्न बालबालिकालाई सहयोग गर्नु सबैको दायित्व रहेको भन्दै वडाभित्र सञ्चालित अन्य विद्यालयका विद्यार्थीलाई समेत न्यानो कपडा वितरण गरिने जानकारी दिए ।

विद्यार्थीद्वारा विद्यार्थीलाई नै सहयोग

तनहुँको दमौलीस्थित बाराही आवासीय माविमा अध्ययनरत विद्यार्थीले रिसिङ गाउँपालिका–१ कोइदिमस्थित अमर माध्यमिक विद्यालयका छात्रछात्रालाई बुधबार न्यानो कपडा सहयोग गरेका छन् । तिहारमा विद्यार्थी र शिक्षकले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले अमर माविका ७८ छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको शिक्षक विपीन गौलीले जानकारी दिए ।

बाराहीका विद्यार्थीले विगत तीन वर्षदेखि जिल्लाका विभिन्न ठाउँमा सञ्चालित विद्यालयका विद्यार्थीलाई सहयोग गर्दै आएका छन् । अमर माविका प्रधानाध्यापक कर्मसिं थापाले विद्यार्थीद्वारा विद्यार्थीलाई नै सहयोग गर्ने कार्य उदाहरणीय रहेको बताए ।  रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.