www.tandavnews.com
Fact ~ In search of truth

दुर्घटनामा ३ वार्षिय बालक सहित दुईको मृत्यु

गौशाला ।

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–१ बस्ने ओमकलादेवी चौधरी र ट्र्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा गौशाला नगरपालिका–२ का ३ वर्षीय बालक लालु मण्डल रहेका छन् ।

आइतबार साँझ जिल्लाको बर्दिवासबाट जलेश्वरतर्फ आइरहेका ना २३ प ९३६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ४ प ८५७१ नम्बरको मोटरसाइकल एकापसमा रामगोपालपुर–७ टिकुलियामा ठक्कर खाँदा महिला चौधरीको मृत्यु भएको थियो भने गौशाला नगरपालिका–२ को निगौल सडकमा ज १ त ३४९१ नम्बरको ट्र्याक्टरले सडकमा खेलिरहेका बालक मण्डललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकाले बताए।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.