www.tandavnews.com
Fact ~ In search of truth

दुर्घटना रोक्न राखिएका ऐना फुटे

लमजुङ, २६ माघ । डुम्रे बेसीशहर सडकखण्ड अन्तर्गत राखिएका ‘कन्भेक्स मिरर’ (ऐना) को सुरक्षामा चुनौती देखिएको छ । दुर्घटना न्यूनीकरणका लागि भनेर जडान गरिएका ऐना एक बर्ष नबित्दै अधिकांश ऐना फुटेका छन् । अधिकांश ऐना धुलोले ढाकेर सवारी नदेखिने भएका छन् ।
सडक डिभिजन कार्यालय दमौलीको सहयोग तथा जिल्ला ट्राफिक कार्यालय लमजुङको सहकार्यमा डुम्रे बेसीशहर खण्ड सडकमा गत जेठमा पाँच र मंसिरमा आठ गरी जम्मा १४ वटा ऐना जडान गरिएको थियो । ऐना जडान गरेपछि यो क्षेत्रमा दुर्घटनामा पनि कमी आएको प्रहरीले बताएको छ ।
सडकको मोडमा ऐना राख्दा निकै सजिलो भएको थियो । अहिले अधिकांश ऐना फुटेको र भएको ऐनामा पनि धुलोले केही नदेखेपछि सवारी चलाउन निकै कठिन भएको बेसीशहर पोखरा माइक्रो चालक सन्त तामाङले बताए ।
लाखौं रुपैयाँ खर्चेर ऐना जडान गरेपनि सुरक्षाको अभावमा औचित्यहिन बन्दै गएका छन् । सुरक्षाको जिम्मेवारी आम नागरिक सँगै यात्रु र सवारी चालकको भएको बताउँदै त्यसतर्फ सडक डिभिजन कार्यालयलाई पनि अनुरोध गर्ने डिभिजन कार्यालय दमौलीका इन्जिनियर कर्ण केसी बताउँछन् ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले भने ऐनाको सुरक्षाका लागि कार्यालयले पहल गरिरहेको बताएको छ । आफ्नो क्षेत्रमा पर्ने सडक खण्डमा राखिएका ऐना सुरक्षाको लागि आफूहरू लागिपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख निरबहादुर अधिकारीले बताए ।

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.