www.tandavnews.com
Fact ~ In search of truth

देउसी भैलोबाट सहाराले जम्मा गर्यो ५ लाख

 

पोखरा ।

पोखराको सहारा क्लवद्धारा संचालित सहारा एकेडेमीले यस वर्षको देउसी भैलो कार्यक्रमबाट ५ लाख १० हजार ७ सय ३ रुपैया संकलन गरेको छ ।

Batas

“संस्कृतिको जर्गेना गरौं, सहारा एकेडेमीलाई सहयोग गरौं” भन्ने मुल नाराका साथ ५ दिनसम्म खेलिएको देउसी भैलो कार्यक्रमबाट उक्त रकम संकलन भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए ।

क्लवका शुभेच्छुकहरुको घर घरमा खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलित उक्त रकम विपन्न बर्गका अनाथ र असाय वालकहरुको भरणपोषणमा खर्चिने भएको अध्यक्ष थापाले बताए ।

क्लवको स्थापना देखि हरेक बर्ष तिहारमा देउसी भैलो कार्यक्रम गर्दै आएको छ ।सहारा एकेडेमी संचालनको मुल आयश्रोत आहा रारा गोल्ड कप हो भने दोश्रो दिगो आयश्रोतको रुपमा देउसी भैलो नै रहेको छ।

क्लवको हरेकगतिविधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने शुभेच्छुकप्रति अध्यक्ष थापाले धन्यवाद तथा आभार व्यक्त गरेका छन।
क्लवका सदस्य कलाकार, एकेडेमीका वालकसहित क्लवका पदाधिकारीहरु कार्यक्रममा सहभागी भएको कार्यक्रम संयोजक बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङ (सुरज) ले बताए।

नेपाली कला संस्कृतिक झल्कने तथा नेपाली मौलिकत्ता सम्बन्धि देउसी भैलो कार्यक्रम मार्फत कलाकारहरुले गीत तथा नृत्य प्रर्दशन गरेको सांस्कृतिक संयोजक बिनु रानामगरले बताईन।

क्लवद्धारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा हाल १६ जिल्लाका २८ जना बालकहरु रहेका छन।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.