www.tandavnews.com
Fact ~ In search of truth

देशैभर हावाहुरीसहित वर्षाको पनि सम्भावना

ताण्डव न्युज ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  दिउँसो देशभरी  आंशिक देखि सामान्य बदली रहने र केही   स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम  हिमपातको समेत सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ  ।

त्यस्तै आज राति देशभरी आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको तथा उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम  हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

Batas

भोलि बुधबार दिउँसो  देशभरी आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थान र मध्य एवं पूर्वका केही स्थानहरुमा मेघ गर्जन सहित  वर्षाको सम्भावना पूर्वानुमान महाशाखाको आँकलन गरेको छ ।  त्यस्तै, उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम  हिमपातको समेत सम्भावना रहेको जनाइएको छ ।

भोलि राति देशभरी आंशिक देखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको जनाइएको छ । उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम  हिमपातको संभावना समेत पूर्वानुमान महाशाखाले आकलन गरेको छ ।

त्यस्तै, बिहीबार दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रही पश्चिम र मध्य पहाडका  थोरै स्थान र पूर्वका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । बिहीबार रातिपनि देशभर आंशिकदेखि सामान्य बदली रही केही भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.