www.tandavnews.com
Fact ~ In search of truth

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार आज नयाँ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.१३ विन्दुले बढेर एक हजार २४४.८४ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४७ विन्दुले बढेर २६४.२७ विन्दुमा पुगेको छ । आज कारोवार रकममा समेत वृद्धि भएको छ ।

कूल १७३ कम्पनीको २७ लाख ११ हजार ११० कित्ता शेयर रु ७२ करोड ९८ लाख पाँच हजार ५४६ मूल्यमा खरीद–बिक्री भएको छ । आज तीन उपसमूहको शेयर मूल्य भने घटेको छ । निर्जीवन बीमा ४१.४१, माइक्रोफाइनान्स ०.६९ र जीवन बीमा ११.१८ विन्दुले घट्दा बैंकिङ १६.२, होटल ३२.१९, विकास बैंक ११.२७, जलविद्युत् ४.५३, फाइनान्स २.२, उत्पादन २.०६ र अन्य उपसमूह २२.२९ विन्दुले वृद्धि भएको छ ।(रासस)

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.