www.tandavnews.com
Fact ~ In search of truth

धनगढी ब्लुजकाे शानदार जित

पोखरा ।

पाेखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत तेस्रो दिन धनगढी ब्लुजले विराटनगर टाईटन्स्लाई ७८ रनले हराएको छ ।

१८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ४ बलमा मात्र १०४ रन बनाउँदै अलआउट भयो । विराटनगरका लागि सुनिल धमलाले २१, मुहमद जैद आलमले १९, एन्ड्रियु सुबिक्सनले १८ तथा कप्तान सन्दिप लामिछानेले १० रन बनाए ।

Batas

विराटनगरविरुद्ध धारिलो बलिङ गर्ने क्रममा ड्यान लरेन्सले ३ तथा दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यसअघि, टस गुमाएर पहिले ब्याटिका् निम्तो पाएको धनगढीले निर्धारित २० ओभर पुरै खेल्दै सबै विकेट गुमाएर १८२ रन बनायो ।

खेलको सुरुवातमा खुलेर खेल्न नसकेको धनगढीले तेस्रो ओभरमै ओपनर ड्यान विलियम लरेन्सलाई गुमायो । व्यक्तिगत २ रनमा बनाएर खेलिरहेका ड्यान लरेन्सलाई किशोर महतोले जितेन्द्र मुखियाको हातबाट क्याच आउट गराए ।

त्यस्तै चौथो ओभरमा अर्का ओपनर सन्दिप सुनारलाई ९ रनमा गुमाएको धनगढीको पारी इङ्लिस ब्याट्सम्यान पिटर ट्रेगोले सम्हाल्ने कोशिस गरे । खेलको म्यान अफ द म्याच बनेका पिटरले ३८ बलको सामना गर्दै २ चौका र ४ छक्का को मद्दतमा ५३ रन जोडे ।

त्यस्तै, सौरभ खनालले ४१, कप्तान दिपेन्द्र सिंह ऐरीले २९, सन्दिप जोराले १२ तथा रोविन क्षेत्रीले १० रन बनाउनु बाहेक अन्य ब्याटस्म्याहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.