www.tandavnews.com
Fact ~ In search of truth

धरानस्थित विपी प्रतिष्ठानका उपकुलपति ८ लाख घुससहित पक्राउ

धरान ।

धरानस्थिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा .डा राजकुमार रौनियारलाई घुससहित अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

उनका भतिजा डा .रामहरि रौनियारसहित आठ लाख घुस लेनदेन हुँदै गर्दा कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले राससलाई जानकारी दिए । उनीहरुलाई गए राति ८ बजे नियन्त्रणमा लिइएको हो ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिशनवापत घुस बुझ्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रवक्ता कोइरालाले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.