www.tandavnews.com
Fact ~ In search of truth

धरौटी तिर्न नसक्दा पुन जेल चलान

पर्वत ।

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा बलात्कार अभियोग लागेका एक युवा दुई लाख धरौटी तिर्न नसक्दा पुन : जेल चलान भएका छन् ।

१३ वर्षीया बालिका बलात्कार प्रयास गरेको अभियोग लागेका २० वर्षीय बिनोद नेपाली दुई लाख धरौटीमा रिहा भए पनि आर्थिक अभावले कारागार चलान भएका हुन् ।घरमा सुतिरहेकी बालिकालाई बलात्कार प्रयास गरेको अभियोग लागेका नेपाली पुर्पक्षका लागि धरौटीमा छुटेका थिए ।

Batas

पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले मङ्गलबार (हिजो) नेपालीलाई रु दुई लाख धरौटीमा छाडेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

अदालत आज (बुधबार) देखि बिदा हुने भएकाले धरौटीमा छाड्ने आदेश भए पनि अभियुक्त नेपालीले दशैँ बिदामा पनि कारागार बस्नुपर्ने भएको छ । नेपालीलाई गएको असोज ८ गते बलात्कारको प्रयास आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो ।

यसैबीच छ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा १२ वर्षे बालक पुर्पक्षका लागि बाल सुधारगृह चलान भएका छन् ।बालिका बलात्कार अभियोगमा १२ वर्षे बालक पर्वत जिल्ला अदालतको मङ्गलबारको आदेशले पुर्पक्षका लागि सुधारगृह चलान भएका हुन् ।

जिल्ला अदालतका पर्वतकाको आदेशमा ती बालकलाई बाल सुधारगृह सराङ्कोट कास्की ल्याइएको छ ।        रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.