www.tandavnews.com
Fact ~ In search of truth

धादिङमा जीप दुर्घटना, ५ को मृत्यु, १० घाईते

पोखरा ।

धादिङमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।

गल्छी गाउँपालिका – ६ बाँझगाउँमा आज बा १८ च ९४०८ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटनामा १० घाईते भएका छन् ।

Batas

यात्रु सहित तरकारी बोकेको जीप कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । दुर्घटनामा धादिङ गल्छीका २५ वर्षीया नानु तामाङ, ३० वर्षीया कान्छी भुजेल, गल्छीकै ३८ वर्षीय सेते मिजार र २५ वर्षीय राजु रम्तेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकी २१ वर्षीया समिक्षा अधिकारीको उपचारका लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.