www.tandavnews.com
Fact ~ In search of truth

‘धुलोमुक्त बाटो निर्माण गर्ने लक्ष्य लिएका छाैँ’

पाेखरा
ताण्डव न्यूज । 

दैनिकी कसरी गुज्रिरहेको छ ?

वडाको जनप्रतिनिधि भएपछि वडा बासीहरुको दुःख–सुखमा साथ दिने, विकास निर्माणका कुराहरुसँगै वडालाई कसरी अगाडि बढाउने बन्ने कामहरुमै दैनिकी बित्छ, र घरपरिवारसँगै रमाइलो गर्ने यही हो ।

Batas

जनप्रतिनिधिको रुपमा निर्वाचित हुनुभएको यतिका समय भइसक्यो, वडाको विकासका लागि के–के गर्नुभयो ?

हामी निर्वाचित भएको दुई वर्ष बितिसकेको छ । हाम्रो पुरानै वडा हो, यो वडा साँस्कृतिक सम्पदा पुराना बजारहरु, पुरातात्विक सम्पदाहरु रहेको वडा हो । विन्ध्यवासिनी मन्दिर पनि २ नं. वडामा पर्छ त्यसकारण यहाँ धार्मिक पर्यटनहरुको आउने सङ्ख्या पनि राम्रै छ । वडालाई सौन्दर्यीकरण गर्ने, बाटोघाटोको निर्माण, पानीको निकासको लागि ढल निर्माण गर्ने, लामा गाउँमा पहिरो आउन सक्ने सम्भावना हुने हुनाले त्यसलाई न्यूनीकरण गर्ने ग्यापिङ वालहरुको पनि निर्माण गरिएको छ ।

हामीले मिरुवामा वर्षातको समयमा ठूलो पानी आउने हुनाले डुबान नियन्त्रण गर्न पानीको निकास व्यवस्थापन गर्न बाटो सहितको ढल, विन्ध्यवासानीदेखि उता अर्चलबोटसम्म ८ मिटरको बाटो ढल, फुटपाथ सहित निर्माण भइसकेको छ । स्कुलमा कम्पाउन्ड वालहरु पनि निर्माण भइसकेका छन् । मिरुवा भन्ने ठाउँमा विद्युत पोलहरु पनि बिस्तार गरिएको छ ।

महानगरपालिका भएपनि तुलनात्मक रुपमा वडाहरु विकसित देखिँदैन । कारण के होला ?

महानगरपालिका हाम्रो देशको भूगोलको हिसाबले पनि ठूलो महानगरपालिका हो । पहिला १८ वडा मात्र थियो, अहिले आएर ३३ वडा भएको छ । त्यसमा ग्रामीण परिवेशको वडाहरु पनि थपिएका छन् । त्यसले गर्दा नयाँ वडाहरुमा पूर्वाधारको पनि विकास गर्नुपर्ने हुन्छ ।

वडामा युवा, बालबालिका तथा महिला लक्षित कार्यक्रमहरु गर्ने तपाईका योजना छन कि छैनन् ?

त्यस्ता कार्यक्रमहरुको लागि पनि कार्ययोजना छुट्टाइएको छ । युवाहरुको लागि युवा विकास कार्यक्रमहरु भएका छन् । जसमा खेलकुद तथा सामाजिक क्रियाकलापहरुमा अग्रसर गराउनका लागि प्रात्साहन गर्ने कार्यहरु छन् । यस्तै भर्खरै मात्र हामीले दलित महिलाहरुको लागि नेतृत्व विकास र क्षमता अभिवृद्धि तालिमको आयोजना गराएका थियौँ, अन्य महिलाहरुलाई महिला सशक्तीकरण अन्तर्गत सिपमूलक तालिमको व्यवस्था समेत गराएका थियौँ । जेष्ठ नागरिकहरुको लागि पनि स्वास्थ्य परीक्षणको कार्यक्रमहरु गराउने योजना गरेका छाँै ।

पोखरा बाग्लुङ राजमार्ग पनि २ न.ं वडमा पर्छ, सडक दूर्घटनाको नियन्त्रण गर्नका लागि जेब्राक्रस, राखेकै छाँै । तर हामीहरुकै लापरवाहीले गर्दा दुर्घटना भएको देखिन्छ । यसका लागि पनि ट्राफिकसँग समन्वय गरेर सडक डिभाइडर राख्ने योजना बनाएका छौँ ।

जनताहरु  वडामा के–कस्ता गुनासो लिएर आउँछन् ?

यही वर्षायतको समयमा पानी बढी पर्ने हुनाले डुबानमा परिन्छ भन्ने किसिमका गुनासाहरु आउने गरेका छन् । हाम्रो वडामा भएको अर्काे समस्या बनेको फोहोरमैलाको समस्या हो । फोहोरमैलाको विषयमा प्राइभेट सेक्टरमा ठेक्कामा गएको छ । उहाँहरुले समयमा फोहोर नउठाउने र गाडी पनि समयमा नआउने हुनाले फोहोरमैलाको समस्या परेको हो । यस्तै बसपार्कको विकास भएन भन्ने थुप्रै गुनासाहरु पनि आउने गर्छन् । तर बसपार्क उपत्यकाका नगर विकास समितिले त्यहाँको समितिलाई ठेक्कामा दिएको । त्यहाँको आम्दानी पार्किङ शुल्क, त्यही समितिले लिन्छ । त्यो कारणले पनि वडाले बसपार्कमा ध्यान दिन सकेको छैन ।

अबको ३ वर्षमा वडालाई कुन स्तरमा देख्न सकिन्छ ?

२ नम्बर वडा पुरानो वडा हो, यहाँ धेरै बाटोघाटोका विकास निर्माण भइसकेका छन् र अन्य बन्न बाँकी सडकहरु पनि यो वर्ष भित्रमा बनिसक्छन् । हामीले वडा नं २ लाई धुलोमुक्त बाटो बनाउने लक्ष्य लिएर अगाडि बढेका छौँ । त्यहाँ पुराना बजारहरु, साँस्कृतिक सम्पदाहरुलाई साथै फुटपाथहरु व्यवस्थित हुनेछन् । विन्ध्यवासिनी मन्दिरको पनि हामीले राम्रोसँग संरक्षण गरेका छौँ । गार्डेनको पनि राम्रो व्यवस्था गरेका छौँ । यससँगै भिमसेन मन्दिर, भैरब मन्दिरको पनि उचित संरक्षण,व्यवस्थापन गर्नेछाँै ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.