www.tandavnews.com
Fact ~ In search of truth

धौलागिरिका सबै वडामा प्रसूति केन्द्र

म्याग्दी ।

म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाको सबै वडामा प्रसूति केन्द्र सञ्चालन भएको छ ।

घरमै असुरक्षित रुपमा सुत्केरी हुने र सुत्केरी हुनका लागि छिमेकी वडा, जिल्ला सदरमुकाममा पुग्नुपर्ने समस्या हटाउन गाउँपालिकाको पहलमा प्रसूति केन्द्र सञ्चालन भएको हो । गत वर्ष ५ नम्बर वडामा पर्ने मल्कवाङ र गत हप्ता चार नम्बर वडा मुदीमा रहेको स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालन गरिएको हो ।

मुदीसँगै सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको सबै वडाका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन भएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक लोकनाथ पौडेलले जानकारी दिए ।

यसअघि धौलागिरिको मुदी स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टरको सुविधा थिएन् । मुदीमा बर्थिङ सेन्टर शुरु भएपछि मुदी र नेरवाङका ३०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । यसअघि गत वर्ष ५ नम्बर वडा मल्कवाङ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बर्थिङ सेन्टर सञ्चालन भएपछि सुरक्षित प्रसूति सेवामा सहज पहुँच स्थापित भई मातृ शिशु स्वास्थ्यमा सुधार हुने अध्यक्ष पुनले बताए । बर्थिङ सेन्टर सञ्चालनका लागि गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाले औजार, उपकरण उपलब्ध गराएको छ ।

पूर्वाधार व्यवस्थापनका लागि गाउँपालिकाबाट चालू आवमा एक लाख रुपैयाँ विनियोजन गरिएको वडाध्यक्ष बेगप्रसाद घर्तीले जानकारी दिए । एक जना तालीमप्राप्त अनमीको पनि व्यवस्था गरिएको छ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.