www.tandavnews.com
Fact ~ In search of truth

नक्कली पुलिस बनेर चोरी गर्ने पक्राउ

सञ्जय रेग्मी/पर्वत

आँफु सादा पोसाकको घुमुवा प्रहरी भएको परिचय दिँदै चोरीमा संलग्न पर्वतको जलजला गाउँपालिका ६ शालिजाका २१ वर्षीय रेसम सुवेदीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजन रायमाझीले दिएको जानकारी अनुसार पक्राउ परेका सुवेदीले आफू सादा पोसाकको प्रहरी भएको र विभिन्न घटनामा संलग्न व्यक्तिहरूलाई खोजी गर्नका लागि गाउँमा आएको बताउँदै स्थानीयका घर र कोठाहरूमा पसेर चोरी गर्दै आएका थिए।

Batas

अभियुक्त सुवेदीले बागलुङ नगरपालिका १४ बलेवा बस्ने छत्रमान सुवेदीको घर कोठाबाट एक थान मोबाइल र नगद ३३ हजार, पर्वतको कुस्मा नगरपालिका २ खुर्काेट बस्ने गायत्री उपाध्यााको घरबाट नगद ६ हजार, जलजला गाउँपालिका ३ माझफाँट बस्ने लक्ष्मी जी.सी.को घरबाट ६ हजार नगद सहित एक तोलाको सुनको सिक्री र आधा तोलाको सुनको बेरुवा औँठी लगायतका जिन्सी तथा नगद चोरी गरेको खुल्न आएको छ।

प्रहरी नियन्त्रणमा रहेका सुवेदी यसअघि २०७२ मङ्सिरमा चोरी सम्बन्धी कसुरमा नै नियन्त्रणमा रहेर पर्वत जिल्ला अदालतबाट तीन वर्ष कैद सजाय भुक्तान गरेर २०७५ माघमा छुटेका थिए। पटक पटक एउटै घटनामा संलग्न रहेको पाइएपछि पर्वत प्रहरीले आरोपित सुवेदीलाई चोरी सम्बन्धी कसुर मुद्दामा अनुसन्धानको लागि पर्वत जिल्ला अदालत बाट म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.