www.tandavnews.com
Fact ~ In search of truth

नक्कली बम राख्ने बन्दकर्ता पक्राउ

ललितपुर ।

प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ ।

पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए ।

Batas

जिल्लाका चार स्थानमा प्रेसर कुकरमा नक्कली बम राखेको उनले बताए । बिहान ग्वार्काे, ताल्छिखेल र बटुकभैरबमा नक्कली बम राखेको पाइएको थियो ।

दिउँसो कुपण्डोलमा नक्कली बमका कारण केहीबेर स्थानीयवासी त्रसित रहे । जिल्लामा बन्दको न्यून प्रभाव परेको थियो ।

उनले भने , “सार्वजनिक सवारी केही कम भए पनि साझालगायतका यातायात सेवा नियमित रहे ।” निजी सवारी साधन चलेको र र पसल खुल्ला नै रहेको प्रहरीले जनाएको छ । बन्दका कारण विद्यालय भने बन्द रहे । -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.