www.tandavnews.com
Fact ~ In search of truth

नगरपालिकाको स्वास्थ्य शिविरमा १७ सयको स्वास्थ्य परीक्षण

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

पर्वतको फलेवास नगरपालिकाले नगरबासीको स्वास्थ्य परीक्षणको राखेको स्वास्थ्य शिविरमा १७ सय ६६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । फलेवास नगरपालिकाको आयोजना र चितवन मेडिकल कलेजको प्राबिधिक सहयोगमा अस्ति र हिजो गरी २ दिनका लागि निशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको थियो ।

नगरप्रमुख पदमपाणी शर्माका अनुसार शिविरमा हाडजोर्नी, मुटुरोग, जनरल मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान तथा घाँटीरोग लगायतका रोगहरुको परीक्षण गरिएको थियो । नगरप्रमुख शर्माले नगरबासी जनताको स्वस्थ्य हितलाई मध्यनजर गर्दै नगरपालिकाले स्वास्थ्य शिविरको आयोजना गरेको बताए । स्वास्थ्य शिविरमा चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्याम रेग्मी सहित अन्य विशेषज्ञ डक्टरहरुबाट स्वास्थ्य परिक्षण गरिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.