www.tandavnews.com
Fact ~ In search of truth

नगरपालिकामै पहिलो पटक ल्याण्ड लाईन फोन

 

संजय रेग्मी ,
 पर्वत / ताण्डव न्यूज ।

अहिलेसम्म ल्याण्ड लाईन फोन नै जडान नभएको पर्वतको फलेवास नगरपालिकामा ल्याण्ड लाईन टेलीफोन जडानको काम शुरु भएको छ ।

Batas

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नगरपालिका अन्तरगत वडा नं. ५ खानीगाउँ र वडा नं. ६ देविस्थानमा तार जडित टेलिफोन सेवा विस्तार कार्य सुरु गरेको हो। वडाभित्रका नागरीकहरुको आवस्यकता र माग बमोजिम १ सय ४३ लाईन टेलिफोनसँगै ५ एम.बी.पी.एस क्षमताको ए.डी.एस.एल इन्टरनेट चलाउन सकिने प्रविधिको लाइन जडान सुरु गरिएको नेपाल टेलिकम पर्वतका प्रमुख केशब भुसालले जानकारी दिए   ।

तार जडित टेलिफोन सेवा विस्तार भएपछि फलेवास नगरपालिकाका बासिन्दालाई सुलभ रूपमा सूचना, सन्देश, समाचार आदानप्रदानमा सहज हुने छ। टेलिफोन लाइन वितरणसगैँ सार्वजनिक सेवा प्रवाह, व्यापारिक गतिविधि र बैंकिङ सेवा प्रवाहमा पनि सजिलो हुने फलेवास नगरपालिकाका प्रमुख पद्यमपाणी शर्माले बताए।

भौगोलिक रुपमा सदरमुकामसंगै जोडिएको भएपनि विकासमा भने गति लिन नसकेको नगरपालिकामा ल्याण्ड लाईन फोन पुगेपछि स्थानीयमा पनि खुसीयाली छाएको स्थानीय शिक्षक उपेन्द्र थापाको भनाई छ ।

अहिले पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार आसपासमा रहेका नागरपालिकाका वडा सहित जलजला गाउँपालिकाको वारी बेनी, मोदि गाउँपालिकाको पातीचौर, पैयूँ गाउँपालिकाको हुवास लगायतका ठाउँमा टेलिफोन सेवा संचालन भईरहेका छ ।

टेलिकमले यसअघि फलेवास नगरपालिका ३ शंकरपोखरीमा देखिँदै आएको मोवाईल फोनको नेर्टवक समस्या समाधानको लागि बी.टी.एस टावर निमार्ण गरेको थियो ।

 

सांकेतिक तस्बिर

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.