www.tandavnews.com
Fact ~ In search of truth

नदिपुरमा जारी पुरुष तथा महिला भलिवल प्रतियोगीतामा सात खेल सम्पन्न

पोखरा ।

पोखरा भलिवल ट्रेनिङ सेन्टरद्धारा आयोजित क्लव स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगीतामा हिजो दोस्रो दिन सात वटा खेलहरु सम्पन्न भएका छन् ।हिजोको पहिलो खेलमा शसस्त्र प्रहरीको एपिएफ मालेपाटनले कास्की जिल्ला भलिवल ट्रेनिङ सेन्टरलाई २–० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ ।

यस्तै दोस्रो खेलमा सोनिया अटो मार्टलाई पुन युनाईटेडले २–० को सोझो सेट तथा तेस्रो खेलमा पोखरा भलिवल ट्रेनिङ सेन्टर हरियोले ग्रिनहिल युवा क्लव ल्वाङलाई २–१ को सेटले पराजित गरेको छ ।

Batas

चौठो खेलमा गुर्जा खानी म्याग्दीले आयोजक पोखरा भलिवल ट्रेनिङ सेन्टर पहेलोलाई २–० को सोझो सेट तथा पाँचौ खेलमा पोखरा भलिवल ट्रेनिङ सेन्टर रातोलाई पोखरा बहुमुखी क्याम्पसले २–१ को सेटले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ ।

हिजोको छैठौँ खेलमा कास्की जिल्ला भलिवल ट्रेनिङ सेन्टरले पुन युनाईटेडलाई २–१ र अन्तिम खेलमा पर्वत युनाईटेडले पोखरा भलिवल ट्रेनिङ सेन्टरलाई २–० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ ।

प्रतियोगीतामा आज हुने पहिलो क्वाटर फाईनलमा शसस्त्र प्रहरीको एपिएफ मालेपाटन र पोखरा बहुमुखी क्याम्पस भिड्ने आयोजक संस्थाका अध्यक्ष गणेश घमालले जानकारी दिए । उनका अनुसार आज नै महिला तथा भेट्रान तर्फका खेलहरु हुनेछन् ।

आज साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने जनाईएको छ । सेन्टरको दोस्रो वार्षीक उत्सवका अवसरमा खेलकुदसंगै साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.