www.tandavnews.com
Fact ~ In search of truth

नदीजन्य वस्तुको अबैध उत्खनन,गाउँपालिकाका प्रमुख र कर्मचारी बिरुद्ध उजुरी

संजय रेग्मी ,
पर्वत/ताण्डव न्यूज ।

पर्वतको मोदी गाउँपालिकामा रहेको रती खोलाको दोहन हुँदा पनि बेवास्ता गरेको भन्दै गाउँपालिका प्रमुख सहित कर्मचारी बिरुद्ध उजुरी परेको छ ।

रतीखोलाको न्यूरेनी बगरमा ढुङ्गा, बालुवा, गिट्टी जस्ता नदीजन्य वस्तुको उत्खनने अबैध भएको र उत्खनन्मा पनि चरम लापरबाही भएको भन्दै स्थानीय लोकेन्द्रजंग लामिछानेले गाउँपालिका प्रमुख प्रेम पौडेल, प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ, जिल्ला समन्वय समिति पर्वत, विल्ड वेल कन्सट्रक्सन प्रा.लि.का सुरेश सुवेदीलाई विपक्षी बनाएर उच्च अदालत पोखराको बाग्लुङ इजलासमा मुद्धा दायर गरेका हुन् ।

लामिछानेले विल्ड वेल कन्सट्रक्सन प्रा.लि.ले सम्झौतामा उल्लेखित नियमको उल्लघंन गर्दै रति खोला दोहनलाई तिव्र पार्दा समेत सम्बन्धित निकायहरुले भने बेवास्ता गरेको भन्दै उजुरीमा उत्प्रेषणयुक्त परमादेश जारी गरिपाऊँ भन्ने माग गरेका छन् ।

यसअघि रतिखोला दोहनको विषयमा स्थानीयको चौतर्फी विरोधपछि जिल्ला समन्वय समिति पर्वतले नियम विपरीत कार्य गरेको भन्दै जरिवाना गरेको जनाएपनि कन्सट्रक्सन प्रा.लि.ले तोकिएको ठाउँ भन्दा विपरित अन्यत्र ठाउँमा समेत ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य वस्तुको उत्खनन् गरिरहेको छ । सम्झौतामा श्रमीक लगाउँदै घरेलु औजारको प्रयोग गरेर मात्र नदीजन्य पदार्थ निकाल्न सकिने उल्लेख गरिएको भएपनि कन्सट्रक्सनले भने डोजर र एक्जाभेटर प्रयोग गरीरहेको छ ।

रतिखोलामा दोहन हुँदा दलित वस्ती जोखिममा परेको मोदी गाउँपालिका–६ की स्थानीय देवी सुनारले बताईन् । गाउँपालिकाका प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले भने स्थानीय सरकारको आम्दानी बढाउनका लागि रतिखोला उत्खन्न गर्न सम्झौता गरेको तर सम्झौता विपरीत कार्य गरेको भएमा त्यसलाई रोक्ने बताएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.