www.tandavnews.com
Fact ~ In search of truth

नयाँगल्लीलाई ‘देश्ना स्मृति भेट्रान्स कप’ को उपाधि

सुशान्त गाहा मगर,
पोखरा/ ताण्डव न्यूज ।

ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा सम्पन्न ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३५ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’ को उपाधि आयोजक नयाँगल्ली) ले जितेको छ ।

पुरानो टुँडिखेलमा (हिजो)शनिबार सम्पन्न फाईनल खेलमा एलजी एशोसियसनलाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै आयोजकले उपाधि जितेको हो । आयोजकको जितका लागि सन्तोष गुरुङले १ र नरेश केसीले २ गोल गरे । खेल अवधिभर एलजीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्न पर्याे ।

कपको उपाधिसँगै नयाँगल्लीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ६६ हजार प्राप्त गर्याे भने उपबिजेता टिम एलजीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद र ४० हजार रुपैयाँ हात पार्याे ।

प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीको रुपमा नयाँगल्लीका दिलिप गुरुङ पुरस्कृत बनेसँगै रुपाकोट रिसोर्टमा एक रात निशुल्क खाना तथा आवासको हकदार बने । त्यस्तै सर्बाधिक गोलकर्ताको रुपमा सोही टिमकै नरेश केसी, उत्कृष्ट मिडफिल्डरका रुपमा आयोजककै झक बहादृुर क्षेत्री, उत्कृष्ट गोलरक्षकको रुपमा सोही टिमकै सुमन गुरुङ घोषित भए भने उत्कृष्ट डिफेण्डरका रुपमा एलजीका सुनिल राना पुरस्कृत बने ।

फाईनल अघि सम्पन्न जुनियर एकेडेमी तर्फ ढिकुरपोखरी एकेडेमीलाई २–० गोलले पराजित गर्र्दै बिष्णुपादुका एकेडेमी हेमजा बिजयी बनेको थियो । दुबै टिमका खेलाडीहरुले मेडल तथा शिल्ड प्राप्त गरे ।

कुल १५ टिमको सहभागितामा गत २५ देखी सञ्चालनमा रहेको उक्त प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमका खेलाडीहरुलाई पोखरा महानगरपालिका १ का अध्यक्ष शारदा पराजुली, स्व. देश्ना चन्दका पिता विवेक चन्द र माता ग्रीष्म सिंह चन्द, वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरिक्षक दिपक थापामगर, चन्द्र गुरुङ तथा ईन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.