www.tandavnews.com
Fact ~ In search of truth

नयाँ शक्ति र फोरमबीच २३ गते एकता घोषणा

ताण्डव न्युज । 

उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच वैशाख २३ गते एकता घोषणा हुने भएको छ ।

नयाँ शक्ति निकट स्रोतका अनुसार वैशाख २० गते नयाँशक्ति पार्टीको सचिवालय बैठक बसेर एकताबारे निर्णय गर्नेछ । सचिवालयको निर्णय २१ केन्द्रीय समितिमा अनुमोदनका लागि लगिनेछ  ।

Batas

२१ गते नै संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठकले नयाँ शक्तिसँग एकताको कार्यविधि पास गर्ने तयारी रहेको स्रोतको दाबी छ ।

२२ गते बाँकी काम पूरा गर्ने र २३ गते राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम आयोजना गर्न लागिएको नयाँ शक्तिका एक नेताले बताए ।

स्रोतका अनुसार डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव दुवै अध्यक्ष रहने गरेर पार्टी एकता गर्ने तयारी रहेको छ । तर वरिष्ठताका आधारमा भट्टराई अगाडि रहनेछन् ।

फोरम र नयाँ शक्तिबीच चुनाव अगाडि नै एकता गर्ने प्रयास भएपनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । पछिल्लो समय राजपा र फोरमबीच पनि एकता हुने चर्चा चलेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.