www.tandavnews.com
Fact ~ In search of truth

नरेशको ह्याट्रिकसँगै नयाँगल्ली ‘देश्ना स्मृति कप’ को सेमिफाईनलमा

पोखरा ।

ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३६ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’ को अन्तिम चारमा दीप युनाईटेड,एलजी एशोसियसन, सँगम क्लब र नयाँगल्ली भेट्रान्स प्रवेश गरेको छ ।

पुरानो टुँडिखेलमा हिजो (बिहिबार) सम्पन्न क्वाटरफाईनलको पहिलो खेलमा दीप युनाईटेडले गार्डेन एफसीलाई १ का विरुद्ध २ गोलले पराजित गर्याे ।दीपको जीतका लागि सुर्य गुरुङ र कृष्ण शाक्यले समान १÷१ गोल गरे । भने गार्डेनका लागि विकास गुरुङले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट दीपका कृष्ण शाक्य म्यान अफ दि म्याच घोषित भए ।

एलजी र टे«डमल बीच भएको दोस्रो खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा एलजीले ३–२ को गोलले ट्रेडमललाई पराजित गर्याे । सो खेलबाट सुरज गुरुङ म्यान अफ दि म्याचको उपाधिबाट पुरस्कृत भए ।

त्यस्तै सँगम एफसी र लेकसाईड एफसी बीच भएको तेस्रो क्वाटरफाईनल खेल पनि २÷२ गोलको बराबरीमा सकिएपछि सँगमले ट्राईबेकरमा ३–२ को गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो । उक्त खेलबाट सुरेश गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

अन्तिम क्वाटरफाईन खेलमा नयाँगल्लीले विश्वकर्मा सेवा समाजलाई १ विरुद्ध ४ गोलको फराकिलो अन्तरले हराउदै सेमिफाईनलमा प्रवेश गरेको खेल संयोजक अञ्जन देवकोटाले बताए । उनका अनुसार नयाँगल्लीको जितमा नरेश केसीले ह्याट्रिक र बिजय गुरुङले १ गोल गरेका थिए । विश्कर्मा सेवा समाजको तर्फबाट राम कुँवरले सान्त्वना १ गोल फर्काएका थिए । सो खेलबाट नरेश केसी म्यान अफ दि म्याचको उपाधिबाट पुरस्कृत भए ।

शुक्रबार सेमिफाईनलका खेल र शनिबार फाईनल खेल सम्पन्न गरिने आयोजनकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.