www.tandavnews.com
Fact ~ In search of truth

नवनियुक्त कर्मचारीहरुको अभिमुखीकरण तथा बैंकिङ्ग तालिम सम्पन्न

काठमाडाैँ ।

सांग्रीला डेभलपमेन्ट बैंक लि.ले आश्विन ७ गते देखि १६ गते सम्म नबनियुक्त कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम सम्पन्न गरेको छ ।

नवनियुक्त कर्मचारीहरुलाई बैंक सम्बन्धीत कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने तथा सामाजीकरण गराउने उद्देश्यले तालीम दिइएकोे हो । तालिममा नवनियुक्त ७६ जना कर्मचारी सहभागी भएका थिए ।

Batas

१० दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले नबनियुक्त कर्मचारीहरुलाई हौसला प्रदान गर्दै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा बैंकको दिगो विकासमा योगदान हुने बताएका थिए ।

यसैगरि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस्ता तालिमका कार्यक्रमहरुले कर्मचारीको सीप बिकास तथा आत्मविश्वासमा बृद्घि गर्ने भएकोले यस्ता किसिमका तालिमका कार्यक्रमहरु निकट भविष्यमा पनि आयोजना गरिने जानकारी दिएका थिए ।

कार्यक्रममा सहभागी कर्मचारीहरुले उक्त तालिमबाट काम गर्ने हौसला मिलेको साथै सबैसंग चिनजान गर्ने मौका मिलेको हुनाले तालिम निकै लाभदायक भएको उल्लेख गरेका थिए ।

सांग्रीला डेभलपमेन्ट बैंकले खोल्न लागेका नयाँ शाखाहरु संचालनमा आए पश्चात बैंकको शाखा संजाल देशभर गरि ८७ ओटा पुग्नेछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.