www.tandavnews.com
Fact ~ In search of truth

नवलपुरमा भ्रष्टाचारका ३९ मुद्दा

कावासोती ।

नवलपरासी पूर्व नवलपुरमा चार महीनाको अवधिमा ३९ वटा भ्रष्टाचारका मुद्दा दर्ता भएका छन् ।

चालू आर्थिक वर्षको चार महीनामा सो सङ्ख्यामा मुद्दा दर्ता भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थले जानकारी दिए । उनका अनुसार दर्ता भएका मुद्दामध्ये शिक्षा क्षेत्रका १९ मुद्दा रहेका छन् ।

Batas

खास गरेर विद्यालयको भवन निर्माण गुणस्तहीन बनाइएका, कर्मचारी भर्नामा अनियमितता, छात्रवृत्ति रकम दुरुपयोग, पाठ्यपुस्तकको रकम दुरुपयोगजस्ता उजुरी रहेका कार्यालय प्रमुख पन्थले बताए ।

यसैगरी नगरपालिका र गाउँपालिकामा निर्माण क्षेत्रमा अनियमितता, उपभोक्ता समितिमार्फत भएका काम गुणस्तरहीन, वडाध्यक्षले वडाका काम आफुखुशी आफ्नै साधन प्रयोग गरी गर्ने गरेकालगायतका ११ मुद्दा दायर भएका छन् ।

नवलपुर क्षेत्रबाट वनसँग सम्बन्धित तीन, जलस्रोत तथा सिँचाइका दुई, भूमि, भौतिक पूर्वाधार, गृह र शहरी विकाससम्बन्धी एक÷एक मुद्दा दायर गरिएका छन् । दर्ता भएका मध्ये १६ मुद्दा फछ्र्योट भएका र २४ मुद्दा अनुसन्धानका क्रममा रहेका बताइएको छ । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.