www.tandavnews.com
Fact ~ In search of truth

नवलपुर ट्राफिकद्धारा चालकहरुलाई स्पटमै ओभरटेक क्लास

नवलपुर ।

दुर्घटना हुँदै नहोस्। सबैले यही चाहेका हुन्छन्। यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन्। लाइसेन्समा कडाई, मापसे जाँच,ट्राफिक नियम पालना आदि।

त्यस्तै पुर्वी नवलपरासीको नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि बुधबार (हिजो ) देखि सवारी चालकहरुलाई विधार्थीहरुलाई झै पढाउन थालेको छ ।

Batas

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडकमा नै सवारी चालकहरुलाई सवारी गुडिरहेको अवस्थामा ओभरटेक गर्ने र ओभरटेक गर्न दिने सवारी साधनले बायाँ तर्फको साईड लाईट बाली उचित स्थानमा मात्र साईड दिने बारे प्रशिक्षण दिएको छ ।

त्यस्तै ओभरटेक गर्ने सवारी साधनले दाहिने साईड लाईट बालेर मात्र ओभरटेक गर्ने र ओभरटेक गरी सकेपछि बायाँ साईड लाईट बाली आफ्नो लेनमा यात्रा निरन्तर गर्ने ट्राफिक नियमका बारेमा नवलपुरको दलदलेमा प्रशिक्षण दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख लक्ष्मण बहादुर शाहिले बताएका छन ।

शाहिले पछिल्लो समय ओभरटेकको कारण दुर्घटना बढेको भन्दै यस्तो अभियान सञ्चालन गरेको बताए । हिजो मात्रै ५ सय भन्दा बढी सवारी चालकहरुलाई सवारी गुडिरहेको अवस्थामा ओभरटेक गर्ने र ओभरटेक गर्न दिने सवारी साधनहरुले के गनुपर्छ भनि दलदले सडकमा नै प्रशिक्षण दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लक्ष्मण बहादुर शाहिले यो अभियान एक साता सम्म चलाउने र अन्य समायमा सवारी साधन चेकजाँच गर्दा पनि ओभरटेक कसरी गर्ने र गर्न दिने भन्ने बारे जानकारी गराउने बताएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.