www.tandavnews.com
Fact ~ In search of truth

नवौँ पोखरा महोत्सव पुस २७ देखि

पोखरा,
ताण्डव न्यूज ।

युनाइटेड क्लबकोे आयोजनामा ‘नवौ पोखरा महोत्सव– २०७५’ आयोजना हुने भएको छ । महोत्सव पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको हिजो मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धिमा टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको युनाइटेड क्लबका अध्यक्ष लाल काजी गुरुङले बताए । ‘महोत्सवमा शिक्षा सम्बन्धि वृत्तचित्र पेश गरिनेछ,’ उनले भने, ‘दण्ड दिएर शिक्षा दिइने विद्यार्थीहरुमा कस्तो किसिमको प्रभाव पार्छ भन्ने वृत्तचित्र मार्फत देख्न सकिन्छ ।’

Batas

महोत्सवमा बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, कोमल वली, राम्जी खाँड, राधिका हमाल, प्रिति आले, चौलेन्द्र पौडेल, ज्योति मगर, राजु गुरुङ, प्रकाश सपुत, राजन गुरुङ, कुलेन्द्र विश्वकर्मा, जिवन दाहाल साथै स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने अध्यक्ष गुरुङले जानकारी दिए ।

ब्याण्ड तर्फ दिपक बज्राचार्या, सविन राई, भि–टेन, रिदम व्याण्ड, लाहुरे, मेलिना राई, त्रिशाला गुरुङ, द एज ब्याण्ड, शुशान्त के.सि, लोकल ब्याण्डहरु, हास्य ब्यङ्ग्य प्रस्तुति, नेपाली संस्कृति झल्कने प्रस्तुति साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन् ।

महोत्सवमा सुरक्षाको उचित प्रबन्ध, शौचालयको व्यवस्था, फ्री वाईफाई, प्राथमिक सुरक्षा सेवा प्राकृतिक क्षतिमा बिमाको व्यवस्था समेत गरिएको प्रचार प्रसार संयोजक शान्तबहादुर थापाले जनाए ।
महोत्सवमा ८७ लाख ८० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ । महोत्सवमा प्रवेश शुल्क ८० रुपैयाँ रहेको छ भने विद्यार्थीलाई परिचयपत्रको आधारमा डिस्काउन्ट गरि ६० रुपैयाँ शुल्क लाग्नेछ । साथै बृद्धा, अपाङग, एकल महिलाहरुलाई नशुल्क प्रवेश गराइनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.