www.tandavnews.com
Fact ~ In search of truth

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने

पोखरा ,
ताण्डव न्यूज ।

आगामी वर्ष हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गण्डकी प्रदेशले गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको अधिकार गण्डकीलाई दिने निर्णय भएको जानकारी दिए । नेपालगञ्जमा आज सम्पन्न हुने आठौं राष्ट्रिय खेलकुदको समापनको कार्यक्रम पछि नवौंको झन्डा गण्डकी प्रदेशलाई प्रदान गरिने छ ।

आयोजना अधिकारसहित झन्डा गन्डकी प्रदेश खेलकुद बिकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले ग्रहण गर्नेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.