www.tandavnews.com
Fact ~ In search of truth

नायिका वर्षा राउतले गरिन् गोल्डस्टार जुत्ताको सोरुम उद्घाटन

 

 

पोखरा,

ताण्डव न्यूज

Batas

गोल्डस्टार जुत्ताको आधिकारिक सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाली चलचित्रकी नायिका वर्षा राउतले सोरुमको उद्घाटन गरेकी छन् । पोखराको सिद्धार्थचोकमा सञ्चालनमा आएको सोरुममा ५० लाख रुपैयाँको लगानी रहेको छ ।

उद्घाटनको अवसरमा तीन दिन सम्म जुत्ता खरिदमा १० प्रतिशत विशेष छुट हुनेछ । नेपालमै उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ताहरु सजिलै उपभोक्तालाई उपलब्ध गराउने उद्देश्य सहित गण्डकी प्रदेशकै पहिलो स्वरुमको रुपमा सिद्धार्थचोकमा सञ्चालनमा ल्याएको मार्केटिङ अफिसर रेशम भण्डारीले बताए ।

उनका अनुसार नेपालमा वार्षिक एक करोड ५० लाख थान गोल्ड स्टारका जुत्ता उत्पादन हुँदै आइरहेको छ भने वार्षिक गोल्डस्टार ब्राण्डको जुत्ताको कारोवार झण्डै ५ अर्व बराबरको हुने गरेको छ ।पोखराको सोरुममा २ सय देखि २ हजार २ सय मुल्य पर्ने जुत्ता उपलब्ध हुनेछ । स्वरुममा स्वस्तिका केसी, राजन केसी र सुरज श्रेष्ठको संयुक्त लगानी रहेको छ ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.