www.tandavnews.com
Fact ~ In search of truth

नारायण प्रसाद पौडेल : जसले लेनदेनको केस मिलाउन अपहरणकाे नाटक गरे

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

आफु अपहरणमा परेको नाटक गर्ने पोखरा महानगरपालिका–११ फुलबारीका ४२ बर्षिय नारायण प्रसाद पौडेललाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

आफुलाई कसैले अपहरण गरेको भन्दै प्रहरीलाई जानकारी दिएका पौडेललाई नै कास्की प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरिएको कास्की प्रहरीका प्रबक्ता एबम् प्रहरी नायब उपरिक्षक राज कुमार केसीले बताए ।

Batas

डिएसपी केसीका अनुसार गत ४ गते दिउसो आफु अपहरणमा परेको भनि पौडेलले स्वयं आफै (कास्की प्रहरीका प्रबक्ता) लाई नै जानकारी गरेका थिए ।

‘म अपहरणमा परे भन्दै उसैले मलाई नै फोन गरेको थियो, उनले भने, ‘पछि रुपन्देही पुगेछ त्यहाँको प्रहरीलाई पनि खबर गरेछ । म कहाँ आउ भन्दा आफै आउछु भनेर यहाँ आईपुग्यो र उसलाई नियन्त्रणमा लियौ ।’

डिएसपी केसीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताउदै उसको कसैसँग लेनदेनको केस रहेकोले तिर्न नपर्ने बाहनामा सो कर्तुत गरेको खुल्न आएको बताए । केसीका अनुसार पौडेललाई सार्बजनिक हित बिपरितको मुद्धा दर्ता गरी कारबाहीको प्रक्रिया अगााडी बढाईएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.