www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा निःशुल्क स्वास्थ्य शिविर ,९९६ ले लिए सेवा

गोरखा ।

बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँरामा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा ९९६ ले स्वास्थ्य उपचार गराएका छन् । आइतबार र सोमबार भएको शिविरमा स्वाँरा र सौरपानीका क्षेत्रका स्थानीयवासीले स्वास्थ्य सेवा लिएको माँझथर माध्यामिक विद्यालयका शिक्षिका सलिना गुरुङले जानकारी दिए ।

शिविरमा हाडजोर्नी तथा नशारोगको उपचार, महिला तथा प्रसूति रोगको उपचार, सामान्य चिकित्सा तथा बालरोगसम्बन्धी उपचार सेवा प्रदान गरिएको उनले बताए । त्यस्तै सामान्य घाउ खटिरा चिरफार तथा परिवार नियोजनसम्बन्धी सेवा र सल्लाह, आयुसिडी तथा इम्प्लान्ट सेवासहित विशेष परामर्श सेवासमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

Batas

कर्म फ्लाइट फाउण्डेशन नेपाल पोखराको आयोजना तथा बारपाक सुलिकोट गाउँपालिका–३ लायन्स क्लब अफ पोखरा स्काइ टाउन, स्वाँरा स्वास्थ्यचौकीको सहआयोजना तथा माझथर माविको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको थियो । शिविरमा हाडजोर्नी रोग विशेषज्ञ डा .ईश्वर शर्मा, स्त्रीरोग विशेषज्ञ डा .सरिता गुरुङलगायत पाँच चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य उपचार गरेका थिए । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.